मन्त्री जम्कट्टेल भन्छन् – ‘प्रदेश-३ को नाम ‘नेवा-ताम्सालिङ’ हुन्छ’

Post Thumbnail

पौष ८, सिन्धुली । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले ३ नम्बर प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ हुने सँकेत गरे । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा सिन्धुलीगढीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासं (फोनिज) को ४५औँ राष्ट्रिय भेलाको उदघाटन गर्दै मन्त्री जम्कट्टेलले सो कुरा बताएका हुन् ।

उनले संघीयता खोला र नदीले नमागेको भन्दै संघीयता उत्पीडित, जाती, समुदाय र क्षेत्रले मागेकाले उनीहरुको आत्मसम्मान हुनेगरी प्रदेशको नाम ‘नेवा-ताम्सालिङ राखिनुपर्ने बताए । प्रदेशको नाम खोला नदीको नाममा बागमती वा गण्डकी हुनै नसक्ने भन्दै उनले भने, ‘संविधानमा समावेशीताको अधिकार भएकाले यो नामका बारेमा प्रदेशसभामा प्रस्तावसमेत दर्ता भएको छ । मैले भनेको छु मेरो मत भनेको नेवा(ताम्सालीङ नाममा हो । मैले यो कुरा पार्टीमा पनि राखेको छु। यसले हाम्रो राष्ट्रियतालाई मजबुत बनाउँछ। हाम्रो शासन व्यवस्थामा मजबुत बनाउँछ ।’ ‘पत्रकार र राजनीतिक दलसँगै लडेर गणतन्त्र आएको समेत उनले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस