पौष ८, काठमाण्डौ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नामाकरण र राजधानीमा सहमति जुटिसकेको बताएका छन् । उनले मंगलबार गण्डकी प्रदेशका सभामुख नेतृत्वको टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवागत गर्दै सहमति भएको बताएका हुन् ।
राजधानी वागमती रहने सम्भावना रहेको बुझिएको छ । अन्य विकल्प प्रस्तुत गरिएपनि खाका तयार भइसकेको छ । तर, त्यसबारे खुलासा भइसकेको छैन । पौडेल हेटौंडामा राजधानी बनाउने पक्षमा छन् । पौडेलले काठमाडौं उपत्यका बाहिर राजधानी रहने संकेत गरेका छन् ।