मुख्यमन्त्री पौडेल भन्छन्-‘साता दिनमै प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा पारित हुन्छ’

Post Thumbnail

पौष १४, काठमाण्डौँ । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडा र नाम बागमती राख्न आईतबार नेकपाले निर्देशन दिएसँगै अहिले प्रदेशको यो बिषयले निकै चर्चा पाएको छ । नेकपा सरकारले दिएको निर्देशन सत्तापक्षकै कतिपय नेताहरुले असन्तुष्टि ब्यक्त गरिरहेका बेला अबको एक साताभित्र प्रदेश नम्बर ३ ले सबैको सहमतिमा स्थायी नाम र राजधानी पाउने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले पुस २० गतेभित्रै नाम र राजधानी टुंगो लाग्ने जानकारी दिएका छन् ।

पार्टी सचिवालयले नाम र राजधानीबारे निर्णय गरेको जानकारी आफूले पाएको मुख्यमन्त्री पौडेलले बताए । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा निर्वाचनअघि प्रदेशको केन्द्र तोकेको थियो ।

त्यसबेला प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकिएको थियो। प्रदेश राजधानी एक छेउमा भएको र अरू जिल्लालाई पायक पर्ने ठाउँमा नभएको भन्दै सार्ने चर्चा चले पनि नेकपाले हेटौंडा नै उपर्युक्त हुने निष्कर्ष निकालेको हो । प्रदेश नम्बर १, २, ३ र ५ ले राजधानी र नाम टुंगो लगाउन सकेका छैनन् भने सुदुरपश्चिम, कर्णाली, गण्डकी प्रदेशले नाम र राजधानी टुंगो लगाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस