प्रदेश नं– ३ को पुस २१ गते प्रदेशसभा बोलाउने निर्णय

Post Thumbnail

पौष १५, काठमाण्डौँ । प्रदेश नं– ३ को प्रदेश सरकारले पुस २१ गते प्रदेशसभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश प्रमुखलाई बैठक आह्वानका लागि निर्णय गरेर पठाइएको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

प्रदेशसभाको बैठकमा प्रदेशको राजधानी र नामाकरणको विषय औपचारिक रुपमा प्रवेश गरेर निर्णय भएको उनको भनाइ छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुङ्गो लगाएसँगै प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस