रौतहटका भित्रि बस्तीमा बरिष्ठ नेता नेपाल : शितलहर पीडितलाई कम्बल बितरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष १५, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाण्डौँ । नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले शितलहर पीडितलाई कम्बल बितरण गरेका छन् । उनले रौतहत पुगेर कमबल बितरण गरेका हुन् । पार्टीका जिल्ला नेता तथा सांसदहरुको टोलीसहित पूर्व प्रधानमन्त्री नेपाल यतिबेला रौतहटका भित्रि बस्तीहरुमा छन् ।

शितलहर प्रभावित वृद्ध वृद्धा, बालबालिका तथा गरिब नागरिकहरुलाई हजारौंको संख्यामा उनी कम्बल वितरण गरिरहेका छन् । उनको साथमा रौतहत नेकपाका नेता तथा पूर्व सांसद राम कुमार भट्टराईसहितको टोली पनि छ । उनीहरुले शितलहर प्रभावितहरुलाई राहत उपलब्ध गराउन स्थानीय, प्रदेश र केन्द्र सरकारसँग आग्रह पनि गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस