पौष १६, काठमाण्डौँ । नेपाली कांग्रेसका सांसद गगन थापा सरसफाईमा आफैँ सरिक भएका छन् । बुधबार बिहान काठमाडौं रातोपुलस्थित सडक क्षेत्रमा रहेका फोहोर टिप्दै सफाईमा सामेल भएका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ४ का सांसद समेत रहेका थापाले सडकमा फोहोर नफाल्ने संकल्पसहित नेपाल भ्रमण वर्ष सन् २०२० को स्वागत गर्न आफूहरू तयार रहेको उल्लेख गरेका छन् । थापाको अगुवाइमा ‘आफ्नो कर्मथलो आफैं सफा राखौं’ अभियान सुरू गरिएको हो ।
भ्रमण वर्ष सुरू भए पनि सडक खाल्डाखुल्डी, कहिले धुलो त कहिले हिलो रहेको उल्लेख गर्दै उनले सडक कालोपत्र गर्ने सरकारको कामलाई प्रतिपक्षी दलले पनि साथ दिएको बताएका छन् ।