पर्यटनमन्त्री भट्टराई भन्छन्-“नेपाल आउने पर्यटकमध्ये धार्मिक पर्यटक सबैभन्दा धेरै हुन्छन्”

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ पौष १८, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष १८, काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० मा नेपाल आउने २० लाख पर्यटकमध्ये ठूलो हिस्सा धार्मिक पर्यटकको हुने बताएका छन् ।

भ्रमण वर्ष २०२० को महत्वपूर्ण अंश धार्मिक पर्यटन रहेको उनको भनाइृ छ । नेपाल भ्रमण वर्ष, २०२० लाई लक्षित गर्दै नेपाल वर्ल्ड पिस अर्गनाइजेसनले आयोजना गरेको अन्तर्राष्ट्रिय धार्मिक सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न देशका धर्मगुरुहरुले नेपाल विभिन्न धर्मको पवित्र भूमि रहेकाले यहाँको भ्रमण गर्न विश्वभरका मानिस लालायित हुनुपर्ने बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस