पौष १८, काठमाण्डौँ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र राजधानीका बिषयमा सहमतिबाटै अगाडी जाने बताएका छन् ।
उनले प्रदेशको नाम र राजधानीका बारेमा पुस २२ गतेसम्म जसरी पनि टुंगो लगाउने बताए । नेकपाका प्रदेशका संसदीय दलका नेतासमेत रहेका पौडेलले लामो समयदेखि टुंगो लगाउन नसकेको नाम र राजधानीको विषय अब बाँकी राख्न नहुने बताए । संसदीय दलको बैठकमा उनले उक्त कुरा बताएका हुन् ।