पौष २०, काठमाण्डौँ । प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने नेकपा सचिवालयको निर्णयमा पार्टीका प्रदेशसभा सदस्यले आपत्ति जनाएका छन् । प्रदेशसभाको अधिकारमा पार्टी केन्द्रबाट हस्तक्षेप भएको आरोप उनीहरूको छ ।
शुक्रवार र शनिवार प्रदेश संसदीय दलको बैठकमा बोल्ने कतिपय सदस्यले भने पार्टी सचिवालयको निर्णय मान्न बाध्य हुनुपरेको गुनासो गरेका छन् । बैठकमा शुक्रवार बोलेका १७ प्रदेशसभा सदस्यमध्ये अधिकांशले पार्टी निर्णयको विरोध गरेका थिए । शनिवार पनि ३ जना सदस्यले पार्टीको निर्णयको विरोध गरेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।