पौष २४, काठमाण्डौँ । अष्ट्रेलियास्थित नेपाली राजदूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अष्ट्रेलियास्थित सिड्नीको पुलिशले भ्रमण वर्ष २०२० को प्रचारमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई र्याली गर्न नदिएको भन्ने समाचारहरूप्रति अष्ट्रेलियास्थित नेपाली राजदूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सिड्नीको पुलिशले नेपलको संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई र्याली गर्न नदिएको, ओपेरा हाउस प्रबेशमा रोक लागाएको जस्ता केही अनलाइन मिडियाले समाचार सम्प्रेशन गरेका थिए ।
दूतावासले प्रेस विज्ञप्ति जारी गरी उक्त समाचारको खण्डन गरेको छ । ‘माननीय संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईद्वारा बिहान ११ बजे सिड्नीको सर्कुलर कीबाट शुभारम्भ कार्यक्रम सम्पन्न भएपश्चात् सहभागीहरू भ्रमण वर्षको प्रचारप्रसारका लागि सर्कुलरदेखि सिड्नीको प्रमुख पर्यटकीय स्थल ओपेरा हाउससम्म जाने क्रममा ओपेरा हाउसका सुरक्षा गार्डले आफ्नो व्यवस्थापनसमितिसँग सम्पर्क गरून्जेलसम्म पर्खन अनुरोध गरेका थिए,’ विज्ञप्तिमा भनिएको छ ।
दूतावसका अनुसार नेपाल सरकारको निर्देशन र यस राजदूतावासको पूर्व निर्धारित कार्यक्रमअनुसार न्यु साउथ वेल्स राज्यका लागि नेपालको अवैतनिक महावाणिज्यदूतावास र गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियासँगको सहकार्यमा राजदूतावासद्वारा आयोजित सो कार्यक्रम पूर्व निर्धारित तालिकाअनुसार आयोजना गरिएको थियो ।
हेर्नुहोस् विज्ञप्ति :