पुस २४,काठमाडौँ । प्रदेश ३ को राजधानीको विषयमा नेताहरुले नयाँ प्रस्ताव गरेका छन । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्डसंग नेताहरुले प्रदेशका निकायहरु केही काभ्रे र केही हेटौडामा गर्न प्रस्ताव गरेका हुन ।
दुवै अध्यक्षलाई काभ्रेमा बर्षे अधिवेशन र हिँउदे अधिवेशन हेटौडामा राख्नेगरी सहमती गरौँ भन्ने प्रस्ताव राखिएको एक नेताले बताए । त्यसो हुँदा संघियताको मर्म अनुसार नै हुने धारणा एक नेताले राखेको स्रोतले बतायो । प्रदेशको राजधानी हेटौडा र काभ्रेमा मिलाएर राख्ने प्रस्ताव गर्दा दुवै अध्यक्षले कुनै प्रतिक्रिया नदिएको स्रोतले अनलाईनकेन्द्रलाई बतायो ।
प्रदेशको नामको सवालमा समेत नेताहरु एक हुन नसकेको स्रोतले बताएको छ । काठमाडौँबाट निर्वाचित हुने सांसदहरुले नेपालमण्डल नाम राख्नपर्ने बताएका छन भने पुर्व माओवादीका सांसदले नेवा–ताम्सालिङ हुनुपर्ने अडान लिएका छन । यद्यपी प्रदेशको नाम र राजधानीमा एकमत भएर जाने नेकपामा कसरत भईरहेको छ । पार्टीले ह्विप नै जारी गरेर एउटै एजेण्डा पेश गर्ने बताइएको छ ।