माघ ६, काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र नेपालका लागी गणतन्त्र बेलारुसका तर्फबाट अबैतानिक महाबाणिज्य दुत अजेयराज सुमार्गीबिच आईतबार भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यलय हेटौडामा आयोजित भेटघाट कार्यक्रममा महाबाणिज्य दुत सुमार्गीले समग्र बागमती प्रदेशको बिकाशमा बेलारुस सरकारको तर्फबाट सहयोग हुने बताए ।
भेटघाटमा राष्ट्रिय तथा प्रदेशस्तरीय बिकाशका महत्वपुर्ण योजनाहरुका बिषयमा छलफल भएको थियो । पर्यटन पुर्बाधार, रोजगारी श्रृजना, पर्यटकिय बिकाश, पुर्बधार बिकाश लगाएतका महत्वपुर्ण बिषयमा छलफल भएको थियो । भेटघाट कार्यक्रममा आगामी दिनमा निजि क्षेत्र र बागमती प्रदेश सरकार मिलेर सहकार्य गर्ने तथा उल्लेखीत योजनाहरुको उदेश्य प्राप्ती गर्ने सन्र्दबमा समझदारी समेत भएको छ ।
भेटघाटमा बागमती प्रदेशको राजधानी हेटौडा कायम गर्न सफल भएकोमा मुख्यमन्त्री पौडेललाई बेलारुसका तर्फबाट अबैतानिक महाबाणिज्य दुत सुमार्गीले बधाई दिदै यो प्रदेशको बिकाशका लागी बेलारुस सरकारको तर्फबाट उल्लेख्य भुमिका खेल्न आफु तयार रहेको बताए । सुमार्गीले भेटघाटको क्रम्मा बिबिर्ध योजनाहरुका बारेमा मुख्यमन्त्री समक्ष छलफल समेत गरेका थिए ।