माघ १२, काठमाडौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पछिल्ला दिनमा कांग्रेस पार्टी भित्र निष्ठावान र ईमान्दार ब्यक्तीहरुलाई किनारा लगाउॅदै जान थालिएको बताएका छन । उनले पार्टीमा मुल्यांकनको परिपाटी हराउन थालेको बताए।
कोइरालाले निष्ठा र बैचारिक राजनिती कांग्रेसबाट हराउन थालेकाले लोकतन्त्र कमजोर हुदै गएको बताए। आफु पार्टीभित्र बैचारिक उर्जा भर्ने अभियान लागेको बताउदै पार्टी यतिवेला ईतिहांसकै कठिन मोडमा पुगेको बताए।
नेपाली कांग्रेस नेपाली बेसीशहर नगरसमिती वार्ड नं-१ ले लमजुङ्को उदिपुरमा आयोजना गरेको कार्यकर्ता भेला तथा बनभोज कार्यक्रमलाई संबोधन गर्दै कांग्रेस नेता कोइरालाले पार्टीभित्र लेनदेन र भागबण्डा अझ बढेको बताए।
१४औं महाधिवेशन पछी भागबण्डा र गुटको अन्त्य हुने दाबी कोइरालाको थियो। गुटबन्दी, भागबण्डा र लेनदेनको राजनिती अन्त्यका लागी आफुले कुनै कसर बॉकी नराख्ने बताए।
कार्यक्रममा लमजुङ् कांग्रेसका सभापती भेषबहादुर पौडेल, कास्की कांग्रेसका पुर्व सभापती यज्ञबहादुर थापा, तनहु कांग्रेसका पुर्व सभापती ध्रुव वाग्ले, खोटाङ् कांग्रेसका पुर्व सभापती सुभाष पोख्रेलले एकै स्वरमा बर्तमान पार्टी नेतृत्व मुलुकको परिस्थिती र कार्यकर्ताको भावना अनुसार अगाडी बढ्न नसकेको बताए।