माघ २१,काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका नेता सुदेश पराजुलीले हिजोको दिनमा दुई भएर लागेका संगठन एकिकृत ढंगले अघि बढेको बताए । उनले २०३६ सालको इतिहास फेरी कायम गर्ने बताए । उनले कलम र तारा अंकित झण्डा बोकेर अघि बढेको अनेरास्वुवियूको आन्दोलनबाट राजा महाराजालाई समेत घुँडा टेकाएको बताए ।
सरस्वती बहुमुखी क्याम्पस अनेरास्ववियु क्याम्पस कमिटीद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले मुलुकमा सामन्ती सत्ताको अन्त्य गरेका बताए । नेता पराजुलीले छिमेकीले देशको सिमाना मिच्दैगर्दा अनेरास्वुवियु चुप लागेर नबस्ने बताए ।
नवागंतुक विद्यार्थीहरुको लागी स्वागत कार्यक्रममा उनले आगामी विद्यार्थी चुनावलाई केन्द्रित गर्दै भने– कलम र तारा अंकित झण्डासहितको अखिलले कहिल्यै हार्न जानेको छैन । फागुन १४ गते निर्वाचन गर्नु जरुरी छ , त्यसका निम्ती अनेरास्वुवियु जुनसुकै मुल्य चुकाउन तयार छ , नेविसंघलाई भन्न चाहन्छौँ, पुरै खेलाडी लिएर मैदानमा आउनुस् । अनेरास्ववियुसंग प्रतिस्पर्धा गर्ने नसोचे हुन्छ । उनले बिद्यार्थी आन्दोलनलाई तुषारापात हुन नदिने बताए ।
उनले के भने ? (हेर्नुहोस् भिडियोमा)
https://www.facebook.com/meghanath.chapagain.3/videos/2781011428666714/?t=68