प्रदेश २ : मुख्यमन्त्री लालबाबु राउतलाई आठ बुँदै ज्ञापनपत्र

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन ५, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण ५, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सभा संसदीय दल प्रदेश २ का सांसद तथा प्रतिपक्षी नेता सत्यनारायण मण्डलले मुख्यमन्त्री लालबाबु राउतलाई आठ बुँदै ज्ञापनपत्र बुझाएका छन् । प्रदेश सरकारको २ वर्ष पूरा भए पनि सरकारले विनियोजित बजेट खर्च गर्न नसकेको, विकास खर्च अत्यन्त न्यून भएको, विकास योजनाको रातो किताब प्रकाशन गर्न नसकेकोलगायतका विषय उठाउँदै नेकपाले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा समयमा भुक्तानी नगर्दा सरकारकै कारण प्रदेश सभा बैठक अवरुद्ध हुँदै आएको, सरकारले विनियोजन गरेको विकास निर्माण कार्यक्रम सार्वजनिक नगरेको, संघीय सरकारले हस्तान्तरण गरेको जनता आवास कार्यक्रममा ढिलासुस्ती र अपारदर्शी भएको आरोप लगाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस