फाल्गुण १३, काठमाण्डौ । करिव दफैपिच्छे आनुसाङ्गिक त्रृटिसहितको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक सरकारले संसद्मा दर्ता गरेको छ । पर्यटन मन्त्रालयका तर्फबाट राष्ट्रियसभा सचिवालयमा विधेयक आइतबार दर्ता गरिएको हो । विधेयक सांसदलाई वितरण गरिएको छ । त्यसपछि विधेयकमा त्रृटि फेला परेका हुन् ।
‘‘हामीले दर्ताका लागि आवश्यक प्रक्रिया र कागजात भए÷नभएको मात्र हे¥यौँ । विधेयक दर्ता भइ सांसदलाई वितरण गरिएको छ । तर वितरणपछि विधेयकमा धेरै त्रृटि फेला परेका छन् । सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ । करिब पाँच सय प्रति विधेयक कामै नलाग्ने अवस्थाका छन् ।’’ विधेयक शाखाका एक कर्मचारीले भने ।
विधेयकको आवरणमा राखिएको र भित्र उल्लेखित नाममा समेत एकरुपता छैन । यस्तै, कतिपय दफामा अप्रासाङ्गिक विषय समेटिएका छन् । प्रारम्भमै हुनुपर्ने परिभाषा समेत बीचमा समेटिएका छन् । उपदफाका क्रमाङ्कहरु कतिपय अनुच्छेदको बीचमै छन् । प्रारम्भिक मस्यौदामा समेत नहुने गल्तीहरु दर्ता भएको विधेयकमा बग्रेल्ती छन् ।