फाल्गुण २९, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण भएको ९ दिनपछि पत्नी राधिका शाक्यले भेटेकी छन् । बिहीबार शिक्षण अस्पतालको सघन उपचार कक्ष आईसीयूमा पुगेर पत्नी शाक्यले प्रधानमन्त्रीसँग भेट गरेकी हुन् ।
उपचारमा संलग्न चिकित्सक बाहेक यसअघि मिर्गौला दाता समीक्षा संग्रौलाले बुधबार भेट गरेकी थिइन्। दोस्रो भिजिटरका रुपमा राधिकाले प्रधानमन्त्रीसँग भेट गरेको उनको राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।