चैत्र २, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकका नागरिकहरु एक अर्कामा अन्तर सम्बन्धित भएकाले कुनै पनि विषयले प्रभाव पार्दा सबै मुलुक प्रभावित बन्ने बताएका छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुसंग कोरोना भाइरस कोभिड–१९ को विषयमा भिडियो कन्फ्रेन्समार्फत अन्र्तक्रिया कार्यक्रमको संयोजन गर्दै उहाँले कोरोना भाइरसविरुद्ध लड्न सबै सदस्य राष्ट्र एक हुनु पर्नेमा जोड दिए ।