‘कोरोना रोक्न हामीले अनेकौँ उपाय अपनाएको छौँ’ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र २, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रका नेताहरुसँगको भिडियो कन्फ्रेन्समा सम्भावित महामारीको जोखिमलाई बुझेर त्यही अनुसारको तयारी गरेको बताएका छन् । भिडियो कन्फ्रेन्स महत्वपूर्ण र समय सान्दर्भिक रहेको उनले बताए । कन्फ्रेन्स आयोजना गरेकोमा उनले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए ।

आफूलाई स्वास्थ्यलाभको कामना गरेकोमा पनि उनले नेताहरुलाई धन्यवाद दिए । ओलीले नेपालमा एक जनामान शंकास्पद कोरोना देखिएको तर अहिले संक्रमण नरहेको पनि स्पष्ट पारे । उनले पर्यटकलाई अनअराइभल भिसा रोकेको, विदेश जानेलाई श्रम स्वीकृति बन्द गरेको, केन्द्र, प्रदेश र स्थानीय तहमा भाइरस रोकथामका लागि समिति बनाएको लगायत तयारीबारे पनि जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस