चैत्र ३, काठमाण्डौ । विश्वका १ सय ४१ मुलुकमा फैलिसकेको कोरोना भाइरस कोभिड–१९ को संक्रमण मुलुकमा प्रवेश हुनै नदिने र सँगसँगै नागरिकमा जनचेतना बढाउने रणनीति सरकारले लिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्इक्षतामा प्रदेश मुख्यमन्त्रीसहित आइत्वार बसेको नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना निगरानी र क्वारेन्टाइनको व्यवस्था प्रधावकारी बनाउँदै एकीकृत ढंगले कोरोनाविरुद्ध लड्ने प्रतिबद्धता बैठकमा जनाइएको थियो ।
कोरोना रोकथाम र नियन्त्रण रणनीति तयार गर्न आइतवार बसेको बैठकमा पाँचवटा प्रदेशका मुख्यमन्त्रीको समेत उपस्थिती रहेको थियो ।