स्थानीय तहमा कोरोनाभाइरसको अवस्था बुझ्न सम्पर्क व्यक्ति, बागमतीमा महेन्द्र सापकोटा छनौट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाण्डौ । स्थानीय तहमा कोरोनाको अवस्था बारे बुझ्न हरेक प्रदेशका लागि एकएक जना सम्पर्क व्यक्ति तोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ फागुनमै सूचनामार्फत ‘कोभिड–१९’ को पूर्व तयारीका बारेमा हरेक दिनको प्रगति विवरण जानकारी गराउन भनेको मन्त्रालयले आइतबार उपसचिवहरुलाई सम्पर्क व्यक्ति तोकेको संघीय मामिला महाशाखा प्रमुख एवं सहसचिव बसन्त अधिकारीले जानकारी दिएका छन् ।

हरेक दिनको २ बजे आचार्यलाई जानकारी गराउने र विपद व्यवस्थापन शाखा प्रमुखले सचिवलाई रिपोर्टिङ गरेपछि सचिवले प्रधानमन्त्री कार्यालयमा हुने केन्द्रीय समन्वय समितिको बैठकमा प्रगति विवरण प्रस्तुत गर्नेछन् । प्रल्हाद कुमार कार्की –प्रदेश १, ऋषिराज आचार्य – प्रदेश २, महेन्द्र सापकोटा – बागमती प्रदेश, बाबुराम अधिकारी –गण्डकी प्रदेश, डिलाराम पन्थी – प्रदेश ५, राम प्रसाद वाग्ले – कर्णाली, रेशमलाल कँडेल –सुदूरपश्चिम प्रदेशबाट रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस