चैत्र ५, काठमाण्डौ । प्रदेश नंं २ को नामको विषयमा प्रदेशसभामा दर्ता भएको चारवटै प्रस्ताव अस्वीकृत भयो । प्रदेश नं २ को प्रदेशसभा सचिवालयमा दर्ता भएका प्रस्तावहरु माथि मंगलबार मतदान हुँदा कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ मत प्राप्त नभएपछि प्रस्तावहरू अस्वीकृत भएको प्रदेशसभा सचिवालयका सचिब एवं मतदान अधिकृत रञ्जित यादवले जानकारी दिए । नेकपाले राखेको जानकी प्रदेशको प्रस्ताव को पक्षमा ३७ तथा विपक्षमा ७० वटामत मत परेको थियो भने नेपाली काँग्रेसले राखेको मिथिला भोजपुरा प्रदेशको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा ७९ मत परेको छ ।
त्यसै गरी नेपाली काँग्रेसका प्रदेशसभाका सदस्य राजेश्वरप्रसाद साहले राखेको मध्य मधेश प्रदेशको प्रस्तावको पक्षमा ४२ र विपक्षमा ६५ मत परेको थियो । त्यसै गरी सत्तारुढ दल समाजवादी पार्टी र राजपा नेपालको मधेश प्रदेशको संयुक्त प्रस्तवको पक्षमा ६० र विपक्षमा ४६ मत र एक मत बदर भएको मतदान अधिकृत यादवले जानकारी दिए । नेकपाको प्रदेश नंं २ मा ३२ सदस्य मात्र रहेको समयमा ३७ वटा मत पर्नु र नेपाली काँग्रेसको १९ सदस्य रहेकोमा २८ मत पर्नु पार्टीका लागि प्लस नै भएको भन्दै यसलाई दुवै दलका नेताले सकारात्मक रुपमा लिएका छन ।
नामका बिषयमा मतदानबाट पनि निष्कर्षमा पुगन नसकेको प्रति राष्ट्रिय जनता पार्टी राजपा अध्यक्ष मण्डलका सहमहामन्त्री डा सुरेन्द्रकुमार झाले मुख्यमन्त्रीको नेतृत्व नै गतिलो नभएको आरोप लगाएका छन् । उनले भनेका छन् प्रदेश २ सरकारको नेतृत्व अदुरदर्शी, मुख्यमन्त्रीको बहुलठीपनले प्रदेश को नामकरण विफल भएको बताएका छन् । यसरी चार पल्ट मतदान हुँदा पनि प्रदेशको नाम टुङ्गो लगाउन नसकेको प्रति आक्रोश पोख्दै सहमहामन्त्री झा ले सरकारको प्रस्ताब विफल भएपछी मुख्यमन्त्री पदबाट राजिनामा दिनुनै उचित हुने उल्लेख गरेका छन् ।
यसैक्रममा नामका विषयमा प्रदेश सभामा दर्ता भएको सवै प्रस्तावहरु अस्वीकृत भएपछि नेकपा तथा नेपाली काँग्रेसको प्रस्ताव जिवित रहने र पछि राजनीतिक सहमति हुने सम्भावना अझै जिवित रहेको प्रदेश सभाका सदस्यहरुले प्रतिक्रिया दिएका छन् । अब प्रदेशको नाँउको विषय टुंगो नलागेका कारण प्रदेशको राजधानीको विषयमा पनि टुंगो लाग्ला भन्ने भन्न नसकिने विभिन्न दलका प्रदेशसभाका सदस्यहरुले अनुमान गरेका छन् ।