धादिङका चार प्रदेश सांसदको घोषणा : ‘कोरोना भाइरस निणन्त्रण कोषमा एक महिनाको तलव दिन्छौँ’

Post Thumbnail

चैत्र १४,काठमाडौँ । धादिङ जिल्लाबाट निर्वाचित ४ प्रदेश सांसदद्धारा एक महिनाको तलब ‘बागमती प्रदेश स्तरिय कोरोना भाइरस निणन्त्रण कोष’मा दिने घोषणा गरेका छन् । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार तथा राहत कोषमा धादिङ क्षेत्र नम्वर १ को क,ख र धादिङ क्षेत्र नम्वर २ को क,ख बाट निर्वाचित बागमती प्रदेश सभाका सदस्यहरु राजेन्द्र पाण्डे,डा.रामकुमार अधिकारी र जगत सिखंडाले आफ्नो सांसद वापतको एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेका हुन ।

यद्यपी प्रदेश सरकारले सांसदहरुबाट कति महिनाको तलपब लिने भन्ने निर्णय भने भइसकेको छैन । कोही सांसदले आधा महिनाको तलब दिने की एक महिनाको तलव दिने भन्ने टुंगिएको छैन । प्रदेश सरकारका मन्त्रीले भने एक महिनाको तलव दिने निर्णय भएको मन्त्री शालिकराम जम्कट्टेलले बताए । त्यही अनुरुप जम्कट्टेलले पनि एक महिनाको तलव कोषमा दिएका छन । धादिङबाट निर्वाचित प्रदेश सांसद रोजन्द्र पाण्डेले भने–’अरु जे निर्णय भएपनि म चाँही स्व–इच्छाले एक महिनाको तलव कोषमा हाल्ने भनिसकेको छु ।’

धादिङबाटै निर्वाचित अन्य सांसदले पनि एक महिनाको तलव दिने बताएका छन । कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन थालेको अवस्थामा सबै तवरले तयारी रहनु आवश्यक रहेको बताउदैै कोरोना भाइरसको संक्रमणबाट आतंकित नभई सावधानी अपनाउन धादिङबासीहरुलाई आग्रह समेत गरेका छन् । संघिय मन्त्रिपरिषदको गत आइतबार बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कोष बनाउने निर्णय गर्दै कोषमा सहयोग गर्न सबैमा आग्रह गरेको थियो । बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले एक–‘बागमती प्रदेश स्तरिय कोरोना भाइरस निणन्त्रण कोष’मा एक महिनाको तलब राख्ने निर्णय भइसकेको छ । सोही अनुसार धादिङबाट निर्वाचित बागमती प्रदेश सभाका ४ सदस्यले सो कोषमा एक महिनाको तलब राख्ने घोषणा गरेका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस