असार १, जनकपुरधाम । प्रदेश २ सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्यमन्त्री लालबाबु राउतले गरेको प्रस्ताव बहुमतले पारित गरेको हो । निति तथा कार्यक्रम पारित हुन नदिनका लागि सत्तारुढ दलकै ६ जना सांसद असन्तुष्ट देखिएपछि सरकार ढल्नेसम्मको हल्ला चलेको थियो ।