प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेटः कोरोना नियन्त्रण, कृषिमा जोड

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ २, मंगलबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार २, जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७,०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको आयव्ययको अनुमानित बजेट प्रस्तुत गरेको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सोमबार बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री यादवले प्रस्तुत गरेका बजेटमा चालू खर्च तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात् ४५।०९ प्रतिशत तथा पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात् ५३।६७ प्रतिशत रहेको छ । साथै वित्तीय व्यवस्थातर्फ १६ करोड रहेको छ ।

प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षभन्दा करिब ७ अर्बले कम रहेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण, स्वास्थ्य क्षेत्रको सुधार, कृषि, रोजगारी र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । त्यसैगरी, पर्यटन तथा वातावरण र कृषिमा अधारित उद्योगको विकासमा बजेटमा जोड दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस