हिम्मतका साथ विचारको बहस अब खुल्ला गरौँ : नेता पराजुली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण ५, सोमबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन सुदेश पराजुलीले हिम्मतका साथ खुल्ला बिचार गर्न आग्रह गरेका छन् । नेकपाको नेतृत्व कर्तामा पछिल्लो समय देखिएको बिवादका बिषयमा सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै नेता पराजुलीले हिम्मतका साथ बिचारको बहस खुल्ला राख्न आग्रह गरेका हुन् । सामाजिक सञ्जालमा उनी लेख्छन्-‘नेपाल कम्युनिस्ट पार्टीका आदरणीय नेतृत्व तपाईहरुले हिम्मतका साथ विचारको बहस अब खुल्ला राख्नुहोस् । यहि जगमा मात्रै अब कम्युनिस्ट पार्टीलाई सार्थक र सहि गोरेटोमा अगाडि बढाउन सकिन्छ नत्र व्यक्ति व्यक्तिका स्वार्थहरु बन्ने र ढल्ने ,आवेक, रिष आफ्नै सहयात्री कमरेडमा पोखिने शत्रुताको व्यवहार कायम रहने प्रवृत्तिले अब कम्युनिस्ट आन्दोलन अगाडि किमार्थ बढ्ने छैन ।’

उनले खुल्ला बहस गरेर सबै मिलेर अगाडी बढ्दा नै देशको भलो हुने बताए । बिगत दुई हप्ताभन्दा बढी समयदेखि पार्टीमा देखिएको समस्याले अहिलेसम्म पनि निकास पाउन नसकेको अबस्थामा नेता पराजुली लेख्छन्-‘व्यक्तिहरुको स्वार्थी एकताले केहि समय मज्जा आउला तर समग्र कम्युनिस्ट पार्टी कमजोर हुनेछ,हाम्रो जनमत कमजोर हुनेछ । कम्युनिस्ट पार्टी तपाईको पुस्तालाई होईन मेरो पुस्तालाई र भावी पुस्तालाई अनिवार्य छ अपरिहार्य छ त्यसैले मर हामी जोड साथ बनौ अब विचारको बहस खुल्ला राख्नुहोस कमरेड । हाम्रा नेताहरुलाई त्यही भेट्न पाउ त्यो नै हाम्रो जिवनको लागी सार्थक सहि हुनेछ ।’

ताजा अपडेट

खोजी गर्नुहोस