प्रदेश २ मा जसपाको संसदीय दलको नेता को ? कुन नेतालाई कसको आर्शिवाद ?

Post Thumbnail

भाद्र ९,काठमाडौँ । प्रदेश २ मा यतिबेला मुख्यमन्त्री फेर्ने विषयले चर्चा पाइरहेको छ । सातवटा प्रदेशमा ६ प्रदेशमा नेकपाको सरकार रहदा प्रदेश २ मा तत्कालिन संघिय समाजवादी पार्टीका नेता लालबाबु राउत गद्धी मुख्यमन्त्री छन् । उनलाई तत्कालिन राष्ट्रिय जनता पार्टी राजपाले समर्थन गरेका थियो । यतिेबेला नेकपामा समेत केही प्रदेशमा संसदीय दलको नेता हेरफेरको चर्चा चलिरहेका छ । प्रदेश २ मा संसदीय दलको नेता हेरफेरको विषयलाई लिएर नेताहरु दौडधुपमा रहेका छन् । राजपा र संघिय समाजवादी एक भएपछि प्रदेश २ को समिकरण खासै ठुलो परिवर्तन नभएपनि महत्वुपर्ण अर्थ भने राख्ने देखिएको छ । प्रदेश २ मा उपेन्द्र यादव निकट सांसदको बाहुल्यता रहेका कारण यसपाली पनि यादवको निर्णायक भुमिका देखिन्छ ।

कसको के छ त सम्भावना ?

प्रदेश २ मा कुल १०७ जना सांसद छन् । जहाँ समाजवादी पार्टीको ५६ जना सांसद छन् । नेकपाको ३२ जना छन् । कांग्रेसको १९ जना सांसद छन् । प्रदेश २ मा नवगठित समाजवादी पार्टीको संसदिय दलको नेता हुन २८ जना सांसद भए बहुमत पुग्छ । जहाँ राजकिशोर यादवको २ जना, शरद भण्डारीको २ जना, अनिल झा को २ जना , महेन्द्र राय यादवको २ जना सांसद रहेका छन् । बाँकी महन्थ ठाकुरको ९ जना सांसद रहेको बुझिन्छ । ८ जना राजेन्द्र महतो निकट सासंद छन् ।

तत्कालिन राजपाको समिकरण यसो हुँदा २९ जना उपेन्द्र यादव निकट सांसद प्रदेश २ मा छन् । यो समिकरणले पनि प्रष्ट पार्छ अवको प्रदेश २ मा संसदिय दलको नेता को बन्छ ? र मुख्यमन्त्रीको बाजी कसले मार्छ ? यतिबेला तत्कालिन संघिय समाजवादीको प्रदेश अध्यक्ष तथा हाल प्रदेशको अर्थमन्त्री विजय यादव, पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, हालकै मुख्यमन्त्री लालबाबु राउत र प्रदेशका प्रभावशाली सांसद मनिष सुमन संसदिय दलको नेता बन्न कस्सिएका छन् ।

विजय यादव

संसदिय दलको नेता बन्न कस्सिएका नेता हुन् विजय यादव । प्रदेश २ मा उनि अहिले पनि प्रदेश अर्थमन्त्री छन् । उनि उपेन्द्र यादवको विश्वसनिय पात्र हुन् । केन्द्रको आपुर्ती मन्त्री भइसकेका यादवलाई उपेन्द्र यादवको आर्शिवाद छ । उनि आफै पनि सक्षम नेता हुन् । गुवार समुदायको जनसंख्या उच्च रहेको प्रदेश २ को संसदमा जसपाभित्र सो समुदायको १७ सांसद रहेका छन् ।

विजय यादवले गुवार जातका सांसदलाई एकिकृत गर्न सक्नेछन् यसको प्रभाव पार्टी नेतृत्वमा पर्न सक्छ । अर्थमन्त्री विजय यादवमाथी पनि अर्थमन्त्रीको हैसियतमा काम गर्न नसकेको आरोप छ । अहिले यादवले १७ सांसद गुवार समुदायबाट हुँदा पनि सो समुदायबाट मुख्यमन्त्री किन नपाउने भन्दै लबिङ गरिरहेका छन् ।

लालबाबु राउत

अहिलेका मुख्यमन्त्री लालबाबु राउत चौतर्फी विवादमा छन् । जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको बेला खर्च विवरण सार्वजनिक गर्दा होस्, विकास निर्माणमा प्रदेशले गरेको काममा होस् वा अहिलेको कारोना महामारीको नियन्त्रण र व्यवस्थापनमा होस् प्रदेश २ सरकार चुकेको उनी निकट कै नेताहरु बताउछन् । उनलाई मुख्यमन्त्री पदबाट जतिसक्दा चाँडो हटाउन पर्नेमा अहिलेको समाजवादी पार्टीमा एक मत रहेको बुझिन्छ ।

६९ सालमा मात्रै पार्टीको राजनितिमा आएका उनि प्रदेश २ को नेतृत्व गर्न असफल देखिए । उनि तत्कालिन संघिय समाजवादीका जुनियर नेता भएकाले पनि उनलाई नेताहरुले साथ नदिएको बुझिन्छ । मुख्यमन्त्री हुनुभन्दा अघि पनि उनले अख्तियारमा मुद्धा खेपेका थिए । पार्टीमा उनको राम्रो छवि छैन् । समकालिन नेतामा उनि आफै भ्रष्ट्रचारमा मुछिएका छन् । प्रदेश २ सरकारमाथी व्यापक भ्रष्ट्राचार गरेको, आर्थिक बर्ष ७५/७६ मा ८७ करोड बेरुजु क्लियर  नगरेको, कोरोना महामारी व्यवस्थापन नगरेको, मुख्यमन्त्रीले मन्त्री र सांसदका कुरा नसुनेको जस्ता आरोप लाग्ने गरेको छ । मुख्यमन्त्री राउतलाई पुर्व राजपाका सांसदले कुनै हालतमा साथ दिन तयार नरहेको बुझिएको छ । उपेन्द्र यादव पनि राउतलाई अब कुसीमा राख्ने मनस्थितीमा छैनन् । प्रदेश २ को संसदमा उनि लगायत ६ जना मुस्लिम सांसद छन । सोही समुदायका सांसदले पनि उनलाई मन नपराएको नेताहरु बताउने गर्छन् ।

जितेन्द्र सोनल

तत्कालिन राजपाको प्रदेश २ को संसदयि दलको नेता जितेन्द्र सोनल पनि संसदिय दलका आकांक्षी मध्येका हुन् । महन्थ ठाकुरले जितेन्द्र सोनललाई आर्शिवाद दिन सक्छन् । तत्कालिन समयमा राजपा भित्र जितेन्द्र सोनललाई चिठी लेखेर नै संसदिय दलको नेता बनाइएको थियो । महन्थ ठाकुरले सोनललाई साथ दिएपनि ठाकुरसंग पर्याप्त सांसद नहुँदा उनले च्यापरे मात्रै सोनल दलको नेता बन्न सक्ने अवस्था छैन् । यतिबेला पुर्व तमलोपाका नेताहरु नै सोनलप्रति असन्तुष्ट छन् । सोनललाई पनि मन्त्री पदमा रहदा आर्थिक पारदर्शिता कायम नगरेको आरोप छ ।

अहिले मुख्य प्रतिस्पर्धामा लालबाबु राउत, विजय यादव र जितेन्द्र सोनल हुन् । सोनलको पक्षमा अहिले ५ जना पनि भन्दा सांसद छैन् भन्छन एक नेता । महन्थ ठाकुरले ह्विप नै लगाए भनपनिे उनिसंग ८ जना सांसद रहन्छन् ।

मनिष सुमन

दलको नेता हुन मनिष सुमन पनि कस्सिएका छन् । अहिले उनि संसदको अर्थ समितीको सभापति छन् । स्रोतका अनुसार राजेन्द्र महतोको विश्वास नलिएको कारण तत्कालिन समयमा मन्त्री बन्न उनि असफल भए । उनलाई पुर्व सदभावनाले नै नपत्याएको अवस्था छ । स्रोत भन्छ– ‘सुमनलाई अहिले पनि महतोले विश्वास गरिसकेको अवस्थमा छैन् ।’ सुमनलाई व्यक्तिगत रुपमा अन्य सांसदले प्रष्ट वक्ता, चलाखी नेताको रुपमा भने लिने गर्छन् । काठमाडौमा रहेका सुमन अहिले नेताहरुसंग निरन्तर फोन सम्पर्कमा छन् । व्यक्तिगत रुपमै भेटेर उनले आफ्नो पक्षमा माहोल तयार पारिरहेको बुझिएको छ । यद्यपी राजेन्द्र महतोले अडान लिदाँ सुमन प्राथामिकतामा भने पर्न सक्ने स्रोत बताउछ ।

पार्टी एकता भएपनि समाजवादी पार्टीको प्रदेश २ मा निर्णायक भुमिकामा उपेन्द्र यादव छन् । स्रोतका अनुसार यसो हुँदा उपेन्द्र यादवको आर्शिवाद जसलाई हुन्छ् उही नै संसदिय दलको नेतामा आउने सम्भावना छ । उहि नै मुख्यमन्त्री हुने अवस्था छ । यही कारण पनि प्रदेश २ मा मुख्यमन्त्रीसहित मन्त्रीमण्डलको सेट नै फेर्न पर्ने आवाज पार्टी भित्र र बाहिर उठिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस