असोज ९,ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनि होम आइसोलेशनमा बसेको ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले जानकारी दिइन् ।
बिहीबार दिउँसो ज्वरो आएको र औषधि प्रयोग गर्दासमेत ज्वरो कम नभएपछि मेयर महर्जनले स्वाब परीक्षणका लागि पाटन अस्पतालमा नमुना दिएका थिए । शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको हो । मेयर महर्जनका परिवारका सदस्यको भने अब पाँच दिनपछि स्बाब परीक्षण गरिने जनाइएको छ ।