पुस १२,धादिङ । धादिङबेसी स्थित क्रिक रिसोर्टमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले भेला सम्पन्न गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङको चौथो पुर्ण बैठक नाम दिएको प्रचण्ड-नेपाल पक्षको उक्त कार्यकर्ता भेला नेता राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
जिल्ला कमिटीको चौथो पुर्ण बैठक भनिए पनि भेलामा शुभचिन्तकहरुलाई समेत सहभागि गराईएको एक नेताले बताए ।
ति, नेताका अनुसार बैठकमा नेता राजेन्द्र पाण्डे, पुष्पविक्रम मल्ल, गंगालाल तुलाधर, गुरु बुर्लाकोटी, रामबहादुर भण्डारीले प्रधानमन्त्री ओलीको खरो आलोचना गरेका थिए । भेला जिल्ला इन्चार्ज शालिकराम जम्कट्टेलको सभापतित्वमा भएको हो ।
बैठकले प्रधानमन्त्री ओलीको असंबैधानिक कदमको विरुद्धमा पौष १४ गते काठमाडौमा हुने विरोध प्रर्दशनमा धादिङबाट २ हजार कार्यकर्ता सहभागि गराउने निर्णय गरेको छ ।
यस्तै तत्काल तल्लो कमिटी सम्म प्रधानमन्त्रीको पछिल्लो कदमको भण्डाफोर गर्ने र प्रशिक्षण चलाउन नेताहरुको कार्य विभाजन समेत गरेको छ ।
यस्तो छ, कार्य विभाजन
धुनीबेसी नगरपालिका -राजेन्द्र पाण्डे
थाँक्रे गाउँपालिका -राजेन्द्र पाण्डे
गल्छी गाउँपालिका -गंगालाल तुलाधर
गजुरी गाउँपालिका -राजेन्द्र पाण्डे
सिद्धलेक गाउँपालिका -शालिकराम जम्कट्टेल र राम प्रसाद अधिकारी
बेनीघाट रोराङ गाउँपालिका -शालिकराम जम्कट्टेल र मिनराज कंडेल
नीलकण्ठ नगरपालिका -गंगालाल तुलाधर, शम्भु श्रेष्ठ र मनराज भण्डारी
ज्वालामुखी गाउँपालिका -गुरुप्रसाद बुर्लाकोटी र राम प्रसाद अधिकारी
त्रीपुरासुन्दरी गाउँपालिका -पुष्पविक्रम मल्ल
नेत्रावती गाउँपालिका -कल्पना धमलाल र रामबहादुर भण्डारी
खनियाबास गाउँपालिका -रामबहादुर भण्डारी
गंगाजमुना गाउँपालिका -धनबहादुर घले
रुबीभ्याली गाउँपालिका -धनबहादुर घले
स्रोत धादिङपोष्ट