युवासंघ धादिङको १३ वटै पालिकामा नेतृत्व चयन ! अरु निर्णय के–के भए ?

Post Thumbnail

भाद्र ५,धादिङ । नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ धादिङको प्रथम विस्तारित बैठक सम्पन्न भएको छ । धादिङको सदरमुकाम धादिङवेसीमा सम्पन्न कार्यक्रममा जिल्लाको १३ वटै स्थानीय पालिकामा नेतृत्व चयन गर्दै पहिलो विस्तारित बैठक सम्पन्न भएको हो । शनिबार पार्टी नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले सो बैठकलाई सम्बोधन गरेका थिए ।

युवाहरुको बृहत भेलाबीच सम्पन्न विस्तारित बैठकमा युवासंघको केन्द्रिय उपमहासचिव रोशन थापा, केन्द्रिय कोषाध्यक्ष दिपक दुवाडी, बागमती अध्यक्ष फुर्वा लामाको उपस्थिती रहेको थियो । जिल्ला अध्यक्ष प्रदिप फ्युवाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थयो । बैठकले १३ वटै पालिकामा पुर्ण कमिटी गठन गरिने र सदस्यता वितरणलाई तिव्रता दिने निर्णय भएको छ ।

त्यसैगरी पार्टीको पिपुल्स भालेन्टियर्सको जिल्ला अध्यक्षमा रामकुमार श्रेष्ठ र उपाध्यक्षमा आइतराम तामाङ (राजु) र सचिवमा निरुथिङ तामाङलाई मनोनित गर्ने निर्णय गरेको छ । शनिबार विभिन्न पालिकामा नेतृत्व चयन भएको छ भने कमिटीलाई १ महिनाभित्र महिला,दलित,आदिवासी सबै समेटेर पदाधिकारीसहित पुर्णता दिने बताइएको छ ।

कुन पालिकामा कसको नेतृत्व ?

रुवीभ्याली

अध्यक्ष–पिटर तामाङ
उपाध्यक्ष–हिमाल घले
सचिव–रिकमान तामाङ

खनियावास

अध्यक्ष– विर ब.तामाङ
उपाध्यक्ष– मनोज तामाङ
सचिव–दिपक दाहाल

त्रिपुरासुन्दरी

अध्यक्ष दिनेश पाण्डे
उपाध्यक्ष– आशिष थापामगर

नेत्रावती

अध्यक्ष–कृष्ण बहादुर गुरुङ
उपाध्यक्ष– हरी डंगोल
सचिव–श्रीकृष्ण सापकोटा

निलकण्ठ

अध्यक्ष– सुरेश तामाङ

सिद्धलेक

अध्यक्ष–मिलन श्रेष्ठ
उपाध्यक्ष– कुलदिप श्रेष्ठ
सचिव– युवराज सिलवाल

वेनिघाटारोराङ

अध्यक्ष–सुनिल भुजेल
उपाध्यक्ष–दिनेश परियार

गजुरी

अध्यक्ष फिरोज डल्लाकोटी
उपाध्यक्ष–सुदिप मगर

गल्छि

अध्यक्ष–सुमन सुवेदी
उपाध्यक्ष–अर्जुन श्रेष्ठ
सचिव–सुवास अधिकारी

थाक्रे

अध्यक्ष–सुन्दर थापा
उपाध्यक्ष–नारायण तामाङ
सचिव–सुजन पण्डित

धुनिवेशी

अध्यक्ष–निर्मल रञ्जितकार
उपाध्यक्ष–दिपिन तामाङ

ताजा अपडेट

खोजी गर्नुहोस