काङ्ग्रेसको निवर्तमान उप-सभापति विजयकुमार गच्छदारको केही धुमलिएको छवि हुँदाहुँदै पनि कडा प्रतिष्पर्धामा आउनु तथा झिनोमत (२ मत) ले पराजीत हुनु र नवनिर्वाचित उप-सभापति पूर्णबहादुर खड्काले सर्वाधिक धेरै मत ल्याउनुबाट महाधिवेशन प्रतिनिधिको मनोविज्ञानलाई बुझ्न सकिन्छ ।
महाधिवेशन प्रतिनिधिहरूले स्वतन्त्र र व्यक्ति केन्द्रित मत हालेको देखिएन । केही आंशिक र अपवादबाहेक सबै मत प्यानलवाही नै परेको देखिन्छ । तसर्थ, महामन्त्रीमा विश्वप्रकाश शर्मा पराजीत हुने निश्चितजस्तै छ ।
अर्का प्रत्याक्षी गगनकुमार थापाले पनि जित्ने सम्भावना न्यून छ । यद्यपि पराजीत नै हुन्छन्, भन्न सकिँदैन । सारमा भन्नुपर्दा गगनलाई भनेजस्तो वा प्रचारमा आएजस्तो ‘सहजस्थिति देखिँदैन ।’
देउवा प्यानलका महाधिवेशन प्रतिनिधिहरूका मत केही थोरै मात्रामा चुहिएता पनि अधिकांश कटिबद्ध रहेको देखियो ।