मनोनयन फिर्ता नलिए स्वतः निस्कासित हुने कांग्रेसको चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १६, शुक्रबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख १६,काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए स्वतः निस्कासित हुने चेतावनी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थकसमेत पार्टीबाट स्वतः निस्कासित हुने उल्लेख छ ।

पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिएको भए आज १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन कांग्रेसले आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस