काठमाडौँका बालेनलाई लौरो, भरतपुरका जगन्नाथलाई भुइँकटहर चुनाव चिह्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १७, शनिबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख १७, काठमाडौँ । निर्वाचन अधिकृतको कार्यालयले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ । हिजो साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको हो ।

राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलका उम्मेदवारलाई मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम दलकै निर्वाचन चिह्न प्रदान गरेको छ । मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र)को ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौँमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ चिह्न रहेको छ ।

यस्तै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदारलाई आयोगले तय गरेको चुनाव चिह्न पाएका छन् । स्वतन्त्र उम्मेदारहरुले आँपदेखि भुइँकटहर, लौरो, भ्यागुतो र कैंची चिन्ह बोकेर मैदान उत्रिएका छन् ।

काठमाडौ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र ९बालेन० शाहले लौरो चुनाव चिन्ह पाएका छन् । चितवनको भरतपुर महानगरको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेलले भुइँकटहर चिन्ह पाएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आँप चुनाव चिह्न पाउँदा मोरङको विराटनगर महानगरका मेयर र उपमेयरका बागी उम्मेदवार उमेश यादव र नमिता न्यौपानेले लालटिन चिन्ह पाएका छन् ।

कास्कीको पोखरा महानगरपालिकाका स्वतन्त्र उम्मेदवार अटेरी समूहका गनेश पौडेलले लौरो चिन्ह पाउँदा तनहुँको व्यास नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले कैँची चुनाव चिह्न पाएका छन् ।

निर्वाचन आयोगले प्रकाशित गरेको पछिल्लो तथ्याङ्कअनुसार स्थानीय तह निर्वाचनका लागि देशभरि विभिन्न पदमा मनोनयन दर्ता गरेको साढे एक लाख उम्मेदवारमध्ये १२ हजार ७ सय ८९ स्वतन्त्र उम्मेदवार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस