बैशाख २१, काठमाण्डौ । वैशाख ३० गते हुने पालिका चुनावका लागि लक्ष्य अनुसार मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । यसअघि नै पालिका चुनावका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको थियो ।
आयोगका उपसचिव ऋषिराम भुषालका अनुसार लक्ष्य अनुसारको मतपत्र छपाइको काम सकिएको छ । केही पालिकाको पुनः छाप्नुपर्ने भएकाले छपाइ भैरहेको आयोगले जनाएको छ । पुनः छपाइ भइरहेको मतपत्र पनि केही दिनमा छपाइ सकिने उपसचिव भुषालले जानकारी दिए । आयोगले अहिलेसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरेको छ ।