‘हँसियाहथौडामा भोट नहाले देश दुर्घटना हुन्छ’ : माओवादी अध्यक्ष प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २२, बिहिबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

वैशाख २२, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका कांग्रेस कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडामा मत नहाले देश दुर्घटनामा जाने बताएका छन् ।

चितवनको भरतपुरमा आज आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा दाहालले यस्तो बताएका हुन् । उनले आफूले कहिले एमाले र कहिले कांग्रेससँग गठबन्धन गर्दा अस्थिरका रुपमा लाग्ने आरोप पनि खण्डन गरे । उनले गठबन्धनलाई लिएर आफूले ठूलै सपना देखेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस