प्रचण्ड र देउवाले जनकपुरमा दिउँसो २ बजे गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २४, शनिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

वैशाख २४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् । त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यसअघि पार्टीको दुईवटा कार्यक्रममा पनि उनी सहभागी हुने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि जाने भएका छन् ।

पाँच दलीय गठबन्धनले संयुक्त चुनावी सभा ठाउँठाउँमा गर्दै छ । चुनावको प्रचार गर्ने समय केही दिन मात्र बाँकी रहेको बेला गठबनधनका नेताहरू चुनावी अभियानमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस