वैशाख २४, जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संसद बचाउन सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताएका छन् । उनले संविधान जनताको जनप्रतिनिधिले बनाएकोले समयावधि बिनै संसद र संविधानको मूल्य मान्यता विपरित विघटनलाई अपदस्त गर्न गठबन्धन दलको आवश्यकता भएको बताएका हुन् ।
शनिबार जनकपुरधाममा पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध गठबन्धनको आवश्यकता रहेको बताए । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट जनताले मुक्ति पाएको समेत दाबी गरे। आफूबाहेक अरुलाई काम गर्न नदिने र आफूविरुद्ध कोही बोलेको सुन्न नसकेर ओलीले पटक(पटक संसद् भङ्ग गरेको उनको आरोप थियो।