वैशाख २४, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्याउनुपर्ने बताएकी छन् । राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा बोल्दै उनले निष्पक्ष सूचना सम्प्रेषणबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न योगदान पुर्याउनुपर्ने बताए ।
राष्ट्रपति भण्डारीले जिम्मेवार पत्रकारिताले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिक रुपमा साकार तुल्याउने पनि बताइन् ।