वैशाख २६, काठमाण्डौ । पूर्वसभामुख दमननाथ ढुङ्गानाले राजनीतिक दलहरूले चुनावको निष्पक्षतामा ध्यान नदिएको बताएका छन् । आज सोमवार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले काठमाण्डौमा आयोजना गरेको निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक संवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुङ्गानाले राजनीतिक दलहरूले चुनावको निष्पक्षतामा ध्यान नदिएको बताए । उनले अहिलेको चुनावबाट जनताले चाहेको प्रतिनिधि आउन गाह्रो पर्ने बताए ।