वैशाख २७, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी लगभग पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले ७७ जिल्लामा तालिम प्राप्त आफ्ना पर्यवेक्षक एवम् अनुसन्धानकर्ता सहित निर्वाचन पर्यवेक्षण गरिरहेको आयोगले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।
विगतको तुलनामा तडकभडक र आचारसंहिता उल्लंघनमा कमी देखिएता पनि उम्मेदवारहरुले प्रचार प्रसारमा नयाँ नयाँ विधि प्रक्रियाहरु अपनाएका कारण निर्वाचन अभियानमा हुने खर्च विगतको तुलनामा धेरै नै बढ्ने अनुमान आयोगले गरेको छ ।