हुम्ला ताँजाकोटको १ र ५ नम्बर वडामा माओवादीको प्यानल नै विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

वैशाख ३१, सुर्खेत । नेकपा माओवादी केन्द्रले हुम्लाको ताँजाकोट गाउँपालिकाका २ वटा वडामा वडाध्यक्ष जितेको छ । ताँजाकोट गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ५ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । ताँजाकोट १ मा माओवादी केन्द्रका उम्मेदवार मोहनलाल रिठाल २२३ मत ल्याएर विजयी भएका छन् । रिठालका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रत्नलाल खड्काले ११९ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार हिक्मत जङ्ग खड्काले ७५ मत ल्याए ।

वडा नम्बर १ को सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवारहरु विजयी भएका छन् । सदस्य खुलामा मनलाल खड्का, गौरी खड्का, महिला सदस्यमा छमका खड्का र दलित महिला सदस्यमा अमनी सुनार निर्वाचित भइन् । यस्तै, वडा नम्बर ५ को वडाध्यक्षमा माओवादी केन्द्रका मंगल नेपाली ३०६ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका रत्नलाल बुढाले ११४ मत ल्याए भने स्वतन्त्र उम्मेदवार अस कामीले २३ र नेकपा माओवादी समाजवादी पार्टीका उम्मेदवार कर्ण विर बुढाले ३ मत प्राप्त गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस