बझाङको छबिसपाथिभेरामा पुन: मतदानको माग गर्दै एमालेको नाराबाजी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख ३१, काठमाण्डौ । बझाङको छबिस पाथिभेरा गाउँपालिकामा नेकपा एमालेले पुन मतदानको माग गर्दै नाराबाजी गरेको छ । शुक्रबार भएको निर्वाचनमा छबिसपाथिभेरा गाउँपालिका–६ को बाठपालि माविको मतदान केन्द्रमा माओवादीका कार्यकर्ताले फर्जी मत हालेको भन्दै एमालेले निर्वाचन बहिस्कार गरेको थियो ।

उक्त स्थानमा फेरि मतदान गराउनुपर्ने माग गर्दै एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको थियो । निर्वाचन कार्यालयले ३ घण्टाभित्र दुवै पक्षलाई मिलेर आउन भनेको र नमिलेको खण्डमा मतगणनालाई अघि बढाउने बताएको थियो ।

एमाले र गठबन्धनमा रहेका दलहरूबीच सहमति नभएपछि निर्वाचन अधिकृतको कार्यालयले मत गणनाको तयारी थालेपछि एमालेले निर्वाचन अधिकृतको कार्यालयमा नाराबाजी गरिरहेको हो । विवादित क्षेत्रमा पुनः मतदान नगरिए मतगणना गर्न नदिने एमाले छबिसपाथिभेरा गाउँपालिकाले चेतावनी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस