वैशाख ३१, भरतपुर । भरतपुर महानगरपालिका मेयर पदमा नेकपा एमालेले प्रारम्भिक अग्रता बनाएको छ । राप्रपा र एमाले गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ४१ मतका साथ लिड गरेका हुन् ।
सत्तारुढ ५ दलीय गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहालले ३७ मत ल्याएर एमालेलाई पछ्याएकी छन् । कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ८ मत ल्याएका छन्। बाँकी १५ मत भने बदर भएको छ।