बैशाख ३१, चितवन । भरतपुर महानगरपालिकाका मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी अग्रता बढाएका छन् । अहिलेसम्म एक सय ५० मत गन्दा एमालेका विजय सुवेदीले ६६ मत प्राप्त गरेका छन् ।
सुवेदीलाई पछ्याइ रहनुभएकी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ५१ मत प्राप्त गरेकाछन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ५७ र राप्रपाकी हिमला गुरुङले ४५ मत प्राप्त गरे ।