बैशाख ३१, काठमाण्डौ । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका नवलकिशोर यादव विजयी भएका छन् । ४२३ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन् । यहाँ वडाध्यक्षमा दुईजना मात्र प्रतिस्पर्धामा थिए ।