कालापानी नजिक पर्ने छाङ्गरु र तिंकरको नेतृत्वमा एमालेका बोहरा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख ३१ , काठमाण्डौ । दार्चुलाको व्याँस गाउँपालिका–१ को अध्यक्षमा एमालेका असोक सिंह बोहरा विजयी भएका छन् । भारतद्वारा अतिक्रमित कालापानी नजिक पर्ने तिंकर र छाङ्गरु समेटिएको वडाको नेतृत्वमा १ सय ९८ मत सहित बोहरा विजयी भएका हुन् ।

व्याँस गाउँपालिकाका सहायक निर्वाचन अधिकृत कृष्णानन्द बडूका अनुसार बोहराका प्रतिद्वन्द्वी कांग्रेसका शंकर सिंह ऐतवालले १ सय ४५ मत मात्रै ल्याएका छन् ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतदानमा छाङ्गरु र तिंकर दुवै केन्द्रमा गरेर कूल ३ सय ५५ मत खसेको थियो । दुई मतदान केन्द्र रहेको छाङ्गरु र तिंकरमा कूल ६ सय ६ मतदाता छन्।

ताजा अपडेट

खोजी गर्नुहोस