ताप्लेजुङ मैवाखोला ४ मा एमालेको विरासत ढल्यो, गठबन्धनतर्फ कांग्रेसको प्यानल नै विजयी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १, आईतबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ १, काठमाण्डौ । ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालिका वडा नं ४ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । उक्त वडामा गठबन्धन तर्फ नेपाली कांग्रेसका फुर्बा शेर्पा विजयी भएका छन् । उनले ४६१ मत ल्याएका छन् । यस्तै उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका मिङमा छोक्टु शेर्पाले ४४१ मत ल्याएका छन् ।

पुरुष खुल्ला सदस्यहरूमा नेपाली कांग्रेसकै मिङमा शेर्पाले ४५५ र प्रेनल घिसिङ तामाङले ४५४ मत ल्याएका छन् । साथै महिला सदस्यमा सुनिता फागोले ४५४ मत ल्याएकी छिन् भने दलित महिला सदस्य सरस्वता धमला बराइलीले ४५८ मत ल्याइ विजय भएकी छन् । मैवाखोला गाउँपालिकामा यस अघि नेकपा एमालेले क्लिन स्विप गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस