जेठ १, काठमाण्डौ । अपिहिमाल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता भगतसिंह ठेकरे बोहरा निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतगणनामा बोहराले दुई हजार ३०४ मत ल्याएर पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मानन्द मन्यालले एक हजार ३८५ मत पाए ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी देवकी बोहरा निर्वाचित भएकी छन् । उनले दुई हजार २७ मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उर्मिला बोहराले एक हजार ३१३ मत पाइन् । यसअघि ०७४ सालमा अपि हिमालको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।