जेठ ३, काठमाण्डौ । गुल्मीको मालिका गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनका उम्मेदवार देविराम अर्याल निर्वाचित भएका छन्।
अर्यालले प्रमुख प्रतिद्वन्द्वी रितबहादुर थापालाई १ हजार ५५९ मतले पराजित गरे। माओवादी नेता अर्यालले ६ हजार १७६ मत ल्याउँदा थापाले ४ हजार ६१७ मतमात्र प्राप्त गरे। परजित थापा पूर्वमेयर हुन्।
पालिकाको उपाध्यक्षमा गठबन्धका उम्मेदवार तथा कांग्रेस नेता उपेन्द्र अर्याल विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी रनामया पुनले ४ हजार ६९२ मत लिएकी छन्। पालिकाको वडा नम्बर १ मा कांग्रेसका उम्मेदवार दिपक श्रीसले ४९१ मत लिएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार गंगाबहादुर श्रीसले ३५७ मत पाएका हुन्। वडा नम्वर २ मा कांग्रेस उम्मेदवार विनोद श्रीसले १ हजार ५६ मत लिएर विजयी भएका छन्। उनका प्रमुख प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खिमलाल अर्यालले ६६७ मत प्राप्त गरे।
त्यस्तै वडा नम्वर ३ मा माओवादीका उम्मेदवार ज्ञान कुमार बुढा मगरले ५१४ मत लिएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजकुमार विश्वकर्माले ४३३ मत प्राप्त गरेका छन्। वडा नम्वर ४ मा कांग्रेसका उम्मेदवार नारायणप्रसाद अर्यालले ४९७ मत लिएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हिरालाल अर्यालले ४१७ मत प्राप्त गरेका छन्।
यसैगरी वडा नम्बर ५ मा कांग्रेसका उम्मेदवार रेखा कुमार जिसीले ९३४ मतका साथ विजयी हासिँल गरेका छन्। उनका प्रतिद्वन्द्वी एमालेका प्रेमबहादुर खड्काले ५९४ मत पाए। वडा नम्बर ६ मा पनि कांग्रेसका उम्मेदवार दीपक भण्डारी ८९३ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार शोभाखर गिरीले ७०६ मत पाए।
वडा नम्बर ७ मा कांग्रेसका उम्मेदवार हिराबहादुर कार्की १ हजार ५९ मतका साथ विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमाले उम्मेदवार चन्दमणी लम्सालले ७२० मत प्राप्त गरेका छन्। त्यस्तै वडा नम्बर ८ मा कांग्रेसका उम्मेदवार सूर्यबहादुर घर्ती क्षेत्री १ हजार १२ मत लिएका छन् । एमाले उम्मेदवार रोशनकुमार पौडेलले ८३३ मत पाएका छन्।