काठमाडौं शंखरापुर नगर प्रमुखमा राप्रपाका रमेश नापित विजयी, ३, ६ र ७ वडामा समेत जित हासिल !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३, मंगलबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाण्डौ । काठमाडौंको शंखरापुर नगरपालिकामा सत्ता गठबन्धन र एमाले समेतलाई पराजित गर्दै राप्रपा विजयी भएको छ । राप्रपाले सो नगरपालिकाको ३ वटा वडा सहित नगर प्रमुखमा जित हात पारेको हो ।

राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले जित निकालेका हुन् । उनले निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् । अन्तिम मत परिणाम घोषणा हुने क्रममा छ । राप्रपाले वडा नम्बर ३, ६ र ७ मा समेत जितेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस